काठमाडौं, १९ पुस । साताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर कायम भएको छ।
आज आइतबार पनि हिजो शुक्रबारकै मूल्यमा सुन र चाँदीको कारोबार हुने
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ तोकिएको छ। यसैगरी, तेजाबी सुनको भाउ ९४ हजार कायम छ।

चाँदीको मूल्य पनि स्थिर छ। चाँदीको प्रतितोला मूल्य एक हजार ३०० रूपैयाँ तोकेको महासंघले जनाएको छ।




