काठमाडौं, १९ पुस। कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल भेटिएको छ ।
आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरेको जनाइएको छ ।
महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले उक्त पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गरेको छ । पेस्तोल धनी भने पत्ता लाग्न नसकेको बताइएको छ।
सिन्धुलीको तिनपाटन गाउँपालिकाका २५ वर्षीय युवराज आले मगरले आफूलाई लुटपाट गर्ने प्रयास भएको बताएका छन् । उनले पेस्तोल देखाएर आफ्नो मोबाइल खोस्न खोजिएको र प्रतिवादका क्रममा हतियार झरेको बयान दिएका छन् ।

प्रहरीले उनको बयानलाई पुष्टि गर्न अनुसन्धान गरिरहेको जनाएको छ ।




