एजेन्सी, १९ पुस । कोरोना भाइरस महामारीको समयमा पनि हवाई दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको छ।
सन् २०२० मा का कारण हवाई यात्रामा कमी आएपनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको हो।
डेनमार्कको उड्डयन परामर्शदाता कम्पनी टु७० का अनुसार सन् २०२० मा २९९ जना व्यक्ति व्यावसायिक हवाई दुर्घटनामा मारिएका थिए जुन सन् २०१९ को २५७ भन्दा बढी हो।
गत वर्ष विश्वभर हवाई उडान ४२ प्रतिशतले घटेको फ्लाइटराडार २४ ले जनाएको छ। टु७० का अनुसार मृत्यु हुनेको सङ्ख्यामा ठूला व्यावसायिक उडानहरूको दुर्घटना रहेका छन्।
‘भुलवश’ युक्रेनी विमान दुर्घटनामा १७६ जना मारिएका थिए। अर्को ठूलो दुर्घटना पाकिस्तान वायुसेवाको कराँचीमा भएको विमान दुर्घटना रहेको छ जसमा ९८ जनाको मृत्यु भएको थियो।

टु७० का अनुसार विमान दुर्घटनाको सङ्ख्या भने आधाभन्दा धेरै घटेको छ।




