एजेन्सी, १८ पुस । अमेरिकाले तीन चिनियाँ दूरसञ्चार कम्पनीको शेयर कारोबार बन्द गर्ने भएको छ ।
अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जले सेनासँग सम्बन्ध भएको आरोप लागेका तीन चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई सूचीबाट निकाल्ने भएको छ।
ट्रम्प प्रशासनले तारो बनाएका तीनै कम्पनी चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकम हङ्कङका शेयरहरू अर्को सातादेखि त्यहाँ कारोबार नहुने भएको हो।

तीनै कम्पनीले आफ्नो सबै आय चीनमा गर्ने र अमेरिकामा कुनै महत्त्वपूर्ण उपस्थिति नभएको बताइएको छ। सूचीबाट हटाउने प्रक्रियालाई अमेरिका र चीनबीचको बढ्दो तनावको साङ्केतिक कारबाही मानिएको छ।




