advertisement

उनले सरकारका सबै काम संवैधानिक नै भएको बताए। ‘सरकार कामचलाउ भएको छैन। सरकारले गरेका कार्य संवैधानिक छन्। मान्यता प्राप्त छ। भ्रम नपर्न आग्रह गर्छु,’ उनले भने, ‘संवैधानिक तर्फबाट निर्णयमा प्रश्न गर्ने ठाउँ छैन। सडकमा राजनीतिक एजेन्डा छैन। राष्ट्रपति संस्थाप्रति नै असभ्य नारा लगाइएको छ। निन्दनीय छ। गणतन्त्रप्रति नै आँच आउनेप्रति सचेत हुनुपर्दछ।’

सरकारको विरोध गरेको चुनावी एजेन्डा मात्र भएको र सडकमा जाने बाहना मात्र भएको उनको दाबी छ। संसदको पुर्नस्थापनाको माग छोडेर चुनावप्रति लक्षित हुन समेत उनले सबै राजनीतिक दललाई आग्रह गरेका छन्।

" /> सरकार कामचलाउ भएको छैन : सरकारका प्रवक्ता - Sarbocha Media

सरकार कामचलाउ भएको छैन : सरकारका प्रवक्ता

`

     २०७७ पौष १७ गते १२:१२

काठमाडौं, १७ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले प्रतिनिधिसभा विघटन भएपनि सरकार कामचलाउ नभएको दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले यस्तो बताएका हुन्।

उनले यो विषयमा संवैधानिक हिसाबले प्रश्न गर्न नमिल्ने र प्रश्न उठाउन नसक्ने विषय भएकोसमेत दाबी गरे। प्रतिनिधिसभा विघटनपछि केही अन्यौल सिर्जना भए पनि त्यस्तो अन्यौल र भ्रममा नपर्न आग्रह गरे।

advertisement

उनले सरकारका सबै काम संवैधानिक नै भएको बताए। ‘सरकार कामचलाउ भएको छैन। सरकारले गरेका कार्य संवैधानिक छन्। मान्यता प्राप्त छ। भ्रम नपर्न आग्रह गर्छु,’ उनले भने, ‘संवैधानिक तर्फबाट निर्णयमा प्रश्न गर्ने ठाउँ छैन। सडकमा राजनीतिक एजेन्डा छैन। राष्ट्रपति संस्थाप्रति नै असभ्य नारा लगाइएको छ। निन्दनीय छ। गणतन्त्रप्रति नै आँच आउनेप्रति सचेत हुनुपर्दछ।’

सरकारको विरोध गरेको चुनावी एजेन्डा मात्र भएको र सडकमा जाने बाहना मात्र भएको उनको दाबी छ। संसदको पुर्नस्थापनाको माग छोडेर चुनावप्रति लक्षित हुन समेत उनले सबै राजनीतिक दललाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?