यस वर्षको एसईई आगामि जेठमा हुने

`
विनोद उप्रेती
विनोद उप्रेती      २०७७ पौष १६ गते १२:४१

काठमाडौं, १६ पुस । यस वर्षको एसईई आगामि जेठमा हुने गरी तयारी भइरहेको जनाइएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी तयारी भएको छ । जेठसम्म परीक्षा गर्न सकिने सम्भावना देखिएकाले तयारी सुरु गरेको बताइएको छ ।

चैत÷वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था रहेको र असार÷साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?