advertisement

नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुन:स्थापनाका लागि सडक आन्दोलन घोषणा गरेको सन्दर्भमा ओलीले भने, ‘संविधानअनुसार विघटन भएको संसद पुन:स्थापना हुँदैन । संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो । ३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुन:स्थापना हुँदैन,’ उनले थपे, ‘संविधानको धारा ८५ मा यसअघि विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको म्याद ५ वर्षको हुनेछ भनिएको छ । त्यसैले विघटन भएको संसद पुन:स्थापना हुन सक्दैन ।’

अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने ओलीको भनाइ थियो । उनले अहिले मुलुकमा राजतन्त्र नभएकाले यी उपलब्धिमाथि खतरा नभएको बताए ।

दाहाल र नेपाल पक्षले आफूलाई काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो । उनले अब सँगै मिलेर चुनावमा जानुपर्ने धारणा राखेका छन् । विगतमा भएका कुरा बिर्सेर मिलेर चुनावमा जानुपर्ने धारणा उनको थियो ।

दाहालले सत्तामात्रै खोजेको र वरिष्ठ नेता नेपालले जहिल्यै सम्मानमात्रै खोजेको मुलुकको हित नदेखेको ओलीको भनाइ थियो ।

" /> संसद पुन:स्थापना संविधानले दिँदैन : प्रधानमन्त्री ओली - Sarbocha Media

संसद पुन:स्थापना संविधानले दिँदैन : प्रधानमन्त्री ओली

`

     २०७७ पौष १५ गते १:१४

काठमाडौँ, १५ पुष । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुन:स्थापना हुन नसक्ने बताएका छन् ।

आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा ओलीले संविधानअनुसार विघटित प्रतिनिधिसभा पुन:स्थापना नहुने बताएका हुन् । आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब पुन:स्थापना नहुने बताए ।

advertisement

नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुन:स्थापनाका लागि सडक आन्दोलन घोषणा गरेको सन्दर्भमा ओलीले भने, ‘संविधानअनुसार विघटन भएको संसद पुन:स्थापना हुँदैन । संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो । ३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुन:स्थापना हुँदैन,’ उनले थपे, ‘संविधानको धारा ८५ मा यसअघि विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको म्याद ५ वर्षको हुनेछ भनिएको छ । त्यसैले विघटन भएको संसद पुन:स्थापना हुन सक्दैन ।’

अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने ओलीको भनाइ थियो । उनले अहिले मुलुकमा राजतन्त्र नभएकाले यी उपलब्धिमाथि खतरा नभएको बताए ।

दाहाल र नेपाल पक्षले आफूलाई काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो । उनले अब सँगै मिलेर चुनावमा जानुपर्ने धारणा राखेका छन् । विगतमा भएका कुरा बिर्सेर मिलेर चुनावमा जानुपर्ने धारणा उनको थियो ।

दाहालले सत्तामात्रै खोजेको र वरिष्ठ नेता नेपालले जहिल्यै सम्मानमात्रै खोजेको मुलुकको हित नदेखेको ओलीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?