advertisement

दाहालले केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध अहिले नै सडकमा आउनु पर्ला भन्ने नसोचेको बताएका छन् । ‘ओली गणतन्त्र, संघीयताविरोधी भएको पहिला नै थाहा भए पनि यति छिट्टै उनको प्रतिगामी कदमविरुद्ध सडकमा आउनु पर्ला भनेर सोचेको थिएन,’ उनले भने ।

प्रतिनिधिसभा विघटन नसच्चिएसम्म आन्दोलन नरोकिने दाहालले बताए । यो अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध देशभर मोर्चाबन्दी भएको भन्दै उनले यसबाट छिटो निकास पाउने बताए ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाएन् । उनले भने, ‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।’

संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले अघि भने, ‘तपाईहरुले कति गर्न सक्ने हो, तयारी गरे हुन्छ । हामी छाड्ने बाला छैनौं ।’

प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर कलंकको टीका लगाएको बताए । प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताए । उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’

उनले अगाडि भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’

सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको प्रचण्डले बताए । ‘म भरोसा गर्न चाहन्छु हाम्रो सम्मानित अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्नेछ,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानको मर्म र भावनालाई बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ ।’

" /> प्रधानमन्त्री ओलीले आफैले बनाएको संविधानको बलात्कार गरे : प्रचण्ड - Sarbocha Media

प्रधानमन्त्री ओलीले आफैले बनाएको संविधानको बलात्कार गरे : प्रचण्ड

`

     २०७७ पौष १४ गते १०:५९

काठमाडौँ, १४ पुष । नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको क्रुर प्रहारविरुद्ध आफूहरुले आन्दोलन गर्नुपरेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रमाथि प्रहार गरेको बताएका हुन् ।

उनले ओली प्रवृत्ति बेलैमा बुझ्न नसकेको भन्दै क्षमा याचना गरेका छन् । ‘केपी गणतन्त्रको पक्षमा हुनुहुन्न र उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो भन्ने सिद्धान्त थाहा थियो । संघीयता र धर्मनिरपेक्षताविरोधी हो भन्ने थाहा थियो । जनताको आँधीहुरी आएपछि उहाँले मानिदिएँ भन्नुहुन्थ्यो तर समयले उहाँ बयलगाडा सिद्धान्तमा नै हुनुहुन्छ भन्ने देखियो । हामीले उहाँ सच्चिए भनिठान्यौं । अहिले हामीलाई अप्ठ्यारो लागिरहेको छ । केपी ओलीलाई बुझ्न नसकेकोमा क्षमायाचना गर्न चाहन्छु ।’

प्रधानमन्त्री केपी ओली निरंकुश तानाशाह भएको बताउँदै दाहालले ओलीले देशलाई भड्खालोमा पार्न चाहेको प्रमाणित भएको बताए । उनले कम्युनिस्ट मूल्यमान्यता, विधि, विधानविपरीत कदम चालेको भन्दै केपी ओली विचारमा पनि स्खलित भइसकेको टिप्पणी गरे ।

advertisement

दाहालले केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध अहिले नै सडकमा आउनु पर्ला भन्ने नसोचेको बताएका छन् । ‘ओली गणतन्त्र, संघीयताविरोधी भएको पहिला नै थाहा भए पनि यति छिट्टै उनको प्रतिगामी कदमविरुद्ध सडकमा आउनु पर्ला भनेर सोचेको थिएन,’ उनले भने ।

प्रतिनिधिसभा विघटन नसच्चिएसम्म आन्दोलन नरोकिने दाहालले बताए । यो अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध देशभर मोर्चाबन्दी भएको भन्दै उनले यसबाट छिटो निकास पाउने बताए ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाएन् । उनले भने, ‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।’

संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले अघि भने, ‘तपाईहरुले कति गर्न सक्ने हो, तयारी गरे हुन्छ । हामी छाड्ने बाला छैनौं ।’

प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर कलंकको टीका लगाएको बताए । प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताए । उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’

उनले अगाडि भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’

सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको प्रचण्डले बताए । ‘म भरोसा गर्न चाहन्छु हाम्रो सम्मानित अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्नेछ,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानको मर्म र भावनालाई बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?