advertisement

कांग्रेसका पूर्व परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्रविद् दिनेशचन्द्र भट्टराई पनि भेटघाट कार्यक्रममा सहभागी थिए । पराराष्ट्रविद् भट्टराईले दुई देश बीचको सम्बन्धका बारेमा हार्दिक छलफल भएको जानकारी गराएका छन् ।

चिनियाँ टोलीले नेपालको आन्तरिक विषयमा राजनीतिक दल मिलेर अगाडि बढ्न पनि सल्लाह दिएको छ । कुओले नेपालका सबै राजनीतिक दलसँग चीनले असल सम्बन्ध रहेको पनि उल्लेख गरेका थिए । उनले बीपी कोइरालाको सरकारदेखि नै कांग्रेससँग चीनको सम्बन्ध असल रहेको र त्यो अहिले पनि उस्तै रहेको बताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष दूतका रूपमा नेपाल आएको कुओ नेतृत्वको टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेको छ । त्यस्तै आइतबार अपराह्न बालुवाटारमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि टोलीले भेटिसकेको छ ।

राजनीतिक भेटघाटलाई तीव्रता दिएको टोलीले नेकपाको अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग सोमबार भेटवार्ता गरिसकेको छ ।

" /> सभापति देउवालाई चिनियाँ टोलीले भन्यो- ‘कांग्रेस पनि हाम्रो असल मित्र हो’ - Sarbocha Media

सभापति देउवालाई चिनियाँ टोलीले भन्यो- ‘कांग्रेस पनि हाम्रो असल मित्र हो’

`

     २०७७ पौष १४ गते ९:२३

काठमाडौं, १४ पुष। चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको टोली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

भेटवार्ता गर्दै चिनियाँ टोलीले नेपाली कांग्रेस आफ्नो असल मित्र भएको बताएको छ । देउवा निवास बुढानिलकण्ठमा आज (मंगलबार) बिहान चिनियाँ टोली र देउवाबीच भेटवार्ता भएको हो । भेटमा नेपालमा भएको राजनीतिक परिवर्तन तथा दुई देशबीचको आपसीहित सम्बन्धमा छलफल भएको जनाइएको छ ।

advertisement

कांग्रेसका पूर्व परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्रविद् दिनेशचन्द्र भट्टराई पनि भेटघाट कार्यक्रममा सहभागी थिए । पराराष्ट्रविद् भट्टराईले दुई देश बीचको सम्बन्धका बारेमा हार्दिक छलफल भएको जानकारी गराएका छन् ।

चिनियाँ टोलीले नेपालको आन्तरिक विषयमा राजनीतिक दल मिलेर अगाडि बढ्न पनि सल्लाह दिएको छ । कुओले नेपालका सबै राजनीतिक दलसँग चीनले असल सम्बन्ध रहेको पनि उल्लेख गरेका थिए । उनले बीपी कोइरालाको सरकारदेखि नै कांग्रेससँग चीनको सम्बन्ध असल रहेको र त्यो अहिले पनि उस्तै रहेको बताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष दूतका रूपमा नेपाल आएको कुओ नेतृत्वको टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेको छ । त्यस्तै आइतबार अपराह्न बालुवाटारमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि टोलीले भेटिसकेको छ ।

राजनीतिक भेटघाटलाई तीव्रता दिएको टोलीले नेकपाको अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग सोमबार भेटवार्ता गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?