काठमाडौं, १४ पुस । प्रदेश १ मा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–२ हरियाली सामुदायिक वन क्षेत्रको सोमवार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले बिपरित दिशा तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटर साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाईकलमा सवार मिक्लाजुङ गाउँपालिका–४ का ३५ बर्षीय सन्तोष लिम्बु र २६ बर्षीय सुनिल धमलाको मृत्यु भएको छ ।
त्यस्तै झापाको शिवसताक्षी नगरपालिका–१० मा भएको दुर्घटनामा पिकअप भ्यानका चालकको मृत्यु भएको छ। आज राती १ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कंदै गरेका को २ च १५८२ का चालक, केराबारी गाऊँपालिका– ८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिएको हो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनकारी दिए ।




