काठमाडौं, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरको विरोधमा नेकपा (प्रचण्ड-माधव समूह)ले आज देशव्यापी विरोध प्रदर्शन गर्दै छ ।
प्रतिनिधि सभा विघटनविरुद्धको प्रदर्शन आज मंगलबार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा गरिने जनाइएको छ। बिहान ११ बजेदेखि संघीय राजधानी काठमाडौंमा करिब ५० हजार कार्यकर्ता उतार्ने यस समूहले दाबी गरेको छ ।

उपत्यकाका नयाँबानेश्वर, लैनचौर, टेकु, कुपन्डोल, चाबहिल, मैतीदेवी र नक्शाल लगायत विभिन्न क्षेत्रबाट जुलुस सुरु गरिने जनाइएको छ । जुलुसहरू भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जनाइएको छ ।




