advertisement

उक्त विषयसँग उनलाई पक्राउको गरेको कुनै सम्बन्ध नभएको साउदी अधिकारीहरू बताउँछन्।

" /> महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गरेकी अधिकारवादीलाई साउदी अरबमा जेल सजाय - Sarbocha Media

महिलाले सवारी चलाउन पाउने अधिकारको वकालत गरेकी अधिकारवादीलाई साउदी अरबमा जेल सजाय

`

     २०७७ पौष १४ गते ३:४१

एजेन्सी, १३ पुस । साउदी अरबमा महिलाहरूले सवारी चलाउन पाउने अधिकारको वकालत गरेकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय सुनाइएको छ।

हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन्। उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको अभियोगमा सन् २०१८ मा नियन्त्रणमा लिएको थियो।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले धेरै पटक उनलाई रिहा गर्न माग गर्दै आए पनि सोमवार आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा दोषी ठहर गरेको छ।

३१ वर्षया हथलुल र उनको परिवारले सबै आरोप अस्वीकार गरेका छन्। उनलाई  साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो।

advertisement

उक्त विषयसँग उनलाई पक्राउको गरेको कुनै सम्बन्ध नभएको साउदी अधिकारीहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?