advertisement

कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ।

" /> नेपालमा कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख भन्दा बढीका लागि ल्याइने - Sarbocha Media

नेपालमा कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख भन्दा बढीका लागि ल्याइने

`

     २०७७ पौष १३ गते ३:४५

काठमाडौं, १३, पुस । नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख भन्दा बढीका लागि पुग्ने गरी ल्याउने तयारी गरेका छन् ।

खोप पहिलो चरणमा ९ लाख ११ हजार जनाका लागि उपलब्ध गराउने तयारी गरेको जनाइएको छ । खोप आयात गर्न ४८ अर्ब रुपैयाँ सुनिश्चित गरिएको पनि बताइएको छ ।

अर्थ मन्त्रालयमा आवश्यक रकमको व्यवस्था गर्न प्रस्ताव पठाइसकिएको छ। खोप भण्डारण गर्नका लागि काठमाडौं उपत्यकाबाहिर ६ स्थानमा भवन बनाउने भएको छ ।

advertisement

कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?