काठमाडौं, १२ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको परिस्थिति र कारण बुझ्न आज (आइतबार) नेपाल आइपुगेको चिनियाँ उच्च अधिकारीको टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ ।
केहीवेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास पुगेको हो हो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए ।

राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
चार दिन नेपाल बस्ने चिनियाँ अधिकारीको टोलीले संसद विघटन र नेकपा विभाजनको कारण खोज्ने बताइएको छ । टोलीले विभाजित नेकपाका दुबै पक्षका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेकपा विभाजनको डिलमा पुगेका बेला सक्रिय रहेको चीन विभाजनपछि पनि उतिकै सक्रिय देखिएको छ ।
नेकपा विभाजनलाई रोक्न नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी सक्रिय भएकी थिइन् । नेकपा विभाजनलाई रोक्न यान्छीको पहलका बावजुद पनि नेकपा दुई टुक्रा भएको छ । नेकपा विभाजनपछि पनि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसहित विभाजित नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गरेकी छिन् ।
आर्थिक स्थिति मजबुत भएकाहरूले कक्षा १० पास गरेपछि प्रायः शहर पठाउँछन् त आर्थिक स्थिति कमजोर हुनेहरूले पनि गाउँमा प्लस–टु सकेपछि जसोतसो पठाउँछन् नै । प्लस–टु पास गरेपछि शहरमा काम पनि पाइन्छ, अनि आफैं काम गर्दै अध्ययन अघि बढाउन सकिन्छ भन्ने सोच सबैको हुन्छ । यो स्वाभाविक नै हो ।
देशको पूर्वी पहाडी एक जिल्लाबाट रीमा ९परिवर्तित नाम० पनि उच्चशिक्षा अध्ययन गरी ठुलो मान्छे बन्ने सपना बोकेर ०६९ सालमा काठमाडौं छिरिन् । काठमाडौंमा केही काम गर्दै राम्रोसँग पढ्छु अनि ठुलो मान्छे बन्छु भन्ने उनको तीव्र धोको थियो । काठमाडौंमा गएर केही काम गर्दै पढ्छु भनी जिद्दी गरेपछि रिमाका आमाबाबुले पनि रोक्न सकेनन् उनलाई । छोरीले आफैं काम खोज्छु, पढ्छु, घरमा दुःख दिन्न भनेपछि अभिभावकले रोक्ने कुरा पनि भएन । यसरी परिवारको सल्लाहबमोजिम नै काठमाडौं आएकी थिइन् रिमा ।
तर भने जस्तो कहाँ सजिलो छ र काठमाडौं रु आफूले चिनेजानेकाहरूको मुखबाट राजधानीबारे सुनेको आधारमा गाँउबाट जे सोचेर आएकी थिइन्, त्यसको एक छेउ पनि पाइनन् रिमाले । सुरुमा काठमाडौं मित्रपार्कमा फुपुदिदीको परिवारसँग बसेकी थिइन उनी । आफन्त दिदीसँग बस्दा एकदमै गाह्रो हुन थाल्यो । दुईवटा कोठामा फुपू–फुपाजु अनि भाइबहिनीसमेत भएकाले उनलाई त्यहाँ दिनचर्या गुजार्न अत्यन्त कठिन हुन थाल्यो । फुपुले पनि बोझ ठान्न थालेको अनुभूति उनले गरिन् । हुन पनि मुखै फोरेर भन्न मात्र नसकेकी थिइन् फुपुले, यो राम्रोसँग बुझेकी रिमाले अन्ततः छुट्टै एक्लैै अन्यत्रै कोठा खोजेर बस्ने निर्णय गरिन् ।




