advertisement

भारतमा करिब ३० वटाभन्दा बढी संस्थाले कैयौँ पटक प्रयोग गर्न मिल्ने स्यानिटरटी प्याड बनाउने गरेको बीबीसीमा उल्लेख छ । त्यसमा केराको फाइबर, कपडा अथवा बाँसबाट बन्ने स्यानिटरी प्याड समावेश रहेको जनाइएको छ ।

" /> भारतमा करिब ३० भन्दा बढी संस्थाद्वारा कैयौँ पटक प्रयोग गर्न मिल्ने स्यानिटरटी प्याडको निर्माण - Sarbocha Media

भारतमा करिब ३० भन्दा बढी संस्थाद्वारा कैयौँ पटक प्रयोग गर्न मिल्ने स्यानिटरटी प्याडको निर्माण

`

     २०७७ पौष ११ गते ४:१८

एजेन्सी, ११ पुस । भारतमा १२ करोड भन्दा बढी महिलाले महिनावारीका बेला स्यानिटरी प्याड प्रयोग गर्ने तथ्यांक निकालिएको छ ।

मेन्स्ट्रूअल हेल्थ अलायन्स इन्डिया (एमएचएआई) का अनुसार भारतमा १२.१ करोड महिलाले स्यानिटरी प्याडको प्रयोग गर्छन्। एमएचएआई महिनावारीका बेला ध्यान दिनुपर्ने सरसफाइ लगायतका विषयमा काम गर्ने संस्थाहरूको सञ्जाल हो।

उक्त संस्थाले एउटा मासिक चक्रमा महिलाले आठवटा प्याडको प्रयोग गर्ने र एक महिनामा उनीहरूले एक अर्ब स्यानिटरी प्याडको प्रयोग गर्ने जनाएको छ । जसको अर्थ एक वर्षमा प्रयोग गरिने स्यानिटरी प्याडको सङ्ख्या १२ अर्ब हुन जान्छ।

स्यानिटरी प्याड प्रयोग हुने प्लास्टिक नन-बायोडिग्रेडेबल अर्थात्‌ जैविक रूपमा नष्ट गर्न नसकिने खालको हुने हुँदा एउटा स्यानिटरी प्याड नष्ट हुनका लागि ५०० देखि ८०० वर्ष लाग्ने एमएचएआईले जनाएको छ । स्यानिटरी प्याड स्वास्थ्यका साथसाथै पर्यावरणका लागि पनि खतरा बन्न पुग्छ।

आकार इनोभेशन प्रालिका संस्थापक जयदीप मण्डल कम्पोस्टेबल अर्थात् कुहिने स्यानिटरी प्याड बनाउने आफ्नो कम्पनी भारतमा पहिलो भएको दाबी गर्छन्। स्यानिटरी प्याडहरू बायोडिग्रेडेबलको सट्टा कम्पोस्टेबल हुनुपर्ने अर्थात्‌ मलमा परिवर्तन हुने खालको हुनुपर्ने उनी बताउँछन् ।

उनका अनुसार कैयौँ कम्पनीका प्याडहरू अक्सो-डिग्रेडेबल अर्थात्‌ सूर्यको किरण पराबैजनी किरण र गर्मीका कारण माइक्रो प्लास्टिकमा परिणत हुने खालका हुन्छन् जुन प्लास्टिक जीवजन्तुका लागि निकै घातक हुन्छ।

नाइन स्यानिटरी न्याप्किन बनाउने कम्पनीकी प्रमुख कार्यकारी अधिकृत ऋचा सिंह प्रयोग भइसकेका प्याडहरूको व्यवस्थापनका लागि ‘डिस्पोजेबल ब्यागुका साथै’इन्सिनेरेटरु लगाउनुपर्नेमा जोड दिन्छिन्।

advertisement

भारतमा करिब ३० वटाभन्दा बढी संस्थाले कैयौँ पटक प्रयोग गर्न मिल्ने स्यानिटरटी प्याड बनाउने गरेको बीबीसीमा उल्लेख छ । त्यसमा केराको फाइबर, कपडा अथवा बाँसबाट बन्ने स्यानिटरी प्याड समावेश रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?