advertisement

संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव पक्षले बोलाएको छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भएका थिए । तर बिहीबार केपी शर्मा ओलीलाई साथ दिन पुगे । ओली समूहको बैठकलाई सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्र्थापनाको माग पश्चगमन भएको बताएका थिए ।

" /> बादलजी झुक्किएर ओलीतिर पुग्नु भयो होला, यतै आउनु हुन्छ : प्रचण्ड - Sarbocha Media

बादलजी झुक्किएर ओलीतिर पुग्नु भयो होला, यतै आउनु हुन्छ : प्रचण्ड

`

     २०७७ पौष १० गते ११:००

काठमाडौं, १० पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ झुक्किएर ओली समूहमा गएको टिप्पणी गरेका छन् ।

केन्द्रीय कमिटी वैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले बादल आफ्नो समूहमै फर्किने विश्वास व्यक्त गरे । उनले भने, ‘बादलजीले हाम्रोमा आएर गर्न तयार पारेको भाषण झुक्किएर उता गर्नु भएछ । उहाँ यतै आउनु पर्छ ।’

advertisement

संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव पक्षले बोलाएको छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भएका थिए । तर बिहीबार केपी शर्मा ओलीलाई साथ दिन पुगे । ओली समूहको बैठकलाई सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्र्थापनाको माग पश्चगमन भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?