advertisement

आफूहरु सडकमा आइसकेको भन्दै उनले संसद पुनर्स्थापना घोषणा नहुँदासम्म र वालुवाटारमा हामीले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक छाड्ने छैनौं ।’

‘सभामुखजी सदनको बैठक राख्नुस्’

नेता भट्टराईले संसदको बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरे । उनले दुई तिहाई सांसद संसद विघटनको विपक्षमा रहेको भन्दै जनमतलाई हेरेर सदन बोलाउने निर्णय लिन सभामुखलाई सुझाव दिएका हुन् ।

‘सभामुखजीलाई भन्न चाहन्छौं कि प्रतिनिधिसभा ज्युँदै छ । तपाईंले प्रतिनिधि सभाको बैठक राख्नुस् दुई तिहाई सांसद तपाईंले बोलाएको प्रतिनिधि सभाको बैठकमा आउन तयार छन् र त्यो जे निर्णय गर्नुपर्छ प्रतिनिधि सभाले गर्छ’ नेता भट्टराईले भने ।

" /> अब छिट्टै हाम्रो प्रधानमन्त्री हुनेछ : योगेश भट्टराई - Sarbocha Media

अब छिट्टै हाम्रो प्रधानमन्त्री हुनेछ : योगेश भट्टराई

`

     २०७७ पौष १० गते १०:३०

काठमाडौं, १० पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले अब छिट्टै आफूहरुको समूहबाट प्रधानमन्त्री चयन हुने बताएका छन् ।

प्रचण्ड–नेपाल समूहका नेताहरुको अगुवाईमा माइतीघरदेखि निर्वाचन आयोगसम्म भएको प्रदर्शनका क्रममा सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘अब छिट्टै नै वालुवाटारमा प्रधानमन्त्री हाम्रो हुँदैछ ।’

advertisement

आफूहरु सडकमा आइसकेको भन्दै उनले संसद पुनर्स्थापना घोषणा नहुँदासम्म र वालुवाटारमा हामीले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक छाड्ने छैनौं ।’

‘सभामुखजी सदनको बैठक राख्नुस्’

नेता भट्टराईले संसदको बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरे । उनले दुई तिहाई सांसद संसद विघटनको विपक्षमा रहेको भन्दै जनमतलाई हेरेर सदन बोलाउने निर्णय लिन सभामुखलाई सुझाव दिएका हुन् ।

‘सभामुखजीलाई भन्न चाहन्छौं कि प्रतिनिधिसभा ज्युँदै छ । तपाईंले प्रतिनिधि सभाको बैठक राख्नुस् दुई तिहाई सांसद तपाईंले बोलाएको प्रतिनिधि सभाको बैठकमा आउन तयार छन् र त्यो जे निर्णय गर्नुपर्छ प्रतिनिधि सभाले गर्छ’ नेता भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?