advertisement

संवैधानिक इजलासले संसद् विघटनसम्बन्धी सरकारले गरेको सिफारिस, राष्ट्रपति कार्यालयको निर्णयको सक्कलप्रति माग गरेको छ । शुक्रबारदेखि संसद् विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ शुरु भएको छ ।

आजको सुनुवाइका क्रममा संसद् विघटनका लागि मन्त्रिपरिषदले गरेको सिफारिसको सक्कल प्रति मगाउने, संसदमा रहेका दलहरुसँग कति कति सांसद छन् भन्ने जानकारी पनि माग गरेको छ ।

" /> सर्वोच्चले संसद विघटन गर्नुको कारणबारे सरकारसँग माग्याे लिखित जवाफ - Sarbocha Media

सर्वोच्चले संसद विघटन गर्नुको कारणबारे सरकारसँग माग्याे लिखित जवाफ

`

     २०७७ पौष १० गते ९:२३

काठमाडौं, १० पुष । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित पाँच न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

advertisement

संवैधानिक इजलासले संसद् विघटनसम्बन्धी सरकारले गरेको सिफारिस, राष्ट्रपति कार्यालयको निर्णयको सक्कलप्रति माग गरेको छ । शुक्रबारदेखि संसद् विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ शुरु भएको छ ।

आजको सुनुवाइका क्रममा संसद् विघटनका लागि मन्त्रिपरिषदले गरेको सिफारिसको सक्कल प्रति मगाउने, संसदमा रहेका दलहरुसँग कति कति सांसद छन् भन्ने जानकारी पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?