advertisement

नेकपाको प्रचण्ड–माधव समूहले भने आफूहरु नै आधिकारिक नेकपा भएकाले तत्कालिन एमालेका कार्यालयहरु आफूहरुले छोड्न नसके स्पष्ट पारेको छ । उक्त समूहका अध्यक्ष माधव नेपालले बल्खुस्थित पार्टी कार्यालयदेखि सूर्य चिन्ह आफूहरुको भएको भन्दै छोड्न नसकिने बताएको छ ।

दुबै पक्षको दाबीका कारण नेकपाका देशभरका पार्टी कार्यालयहरु अहिले चाही लगाएर राखिएका छन् । तत्कालिन नेकपाको मुख्यालय कोटेश्वर पेरिश डाँडामा रहेको थियो । उक्त कार्यालयमा आफ्नो पक्षको दाबी नरहेको प्रधानमन्त्री केपी ओलीले सार्वजनिकरुपमा बताइसकेका छन् ।

दुवै पक्षको अडानका कारण पार्टी कार्यालयदेखि अरु भौतिक सम्पत्तिहरुको बाँडफाँडमा दुवै पक्षका नेता कार्यकर्ताबीच ठूलै द्धन्द्ध सिर्जना हुने संभावना बढेर गएको छ ।

" /> दुई नेकपाको खास टकराव अझै बाँकी, देशभरी पार्टी कार्यालयहरु कब्जाको तयारी - Sarbocha Media

दुई नेकपाको खास टकराव अझै बाँकी, देशभरी पार्टी कार्यालयहरु कब्जाको तयारी

`

     २०७७ पौष १० गते ९:०४

काठमाडौं, १० पुस। सत्तारुढ दल नेकपा विभाजन भएसँगै उक्त पार्टीका मुख्यालयदेखि स्थानीयस्तरका कार्यालयहरु कब्जा गर्ने तयारीमा दुवै समूह लागेका छन् । नेकपाको ओली समूहले पार्टी एकीकरणअघि तत्कालिन माओवादी केन्द्रका पार्टी कार्यालयहरुमा आफ्नो पक्षको दाबी नरहने तर एमालेका कार्यालयहरु छोड्न नसकिने बताइसकेका छन् ।

advertisement

नेकपाको प्रचण्ड–माधव समूहले भने आफूहरु नै आधिकारिक नेकपा भएकाले तत्कालिन एमालेका कार्यालयहरु आफूहरुले छोड्न नसके स्पष्ट पारेको छ । उक्त समूहका अध्यक्ष माधव नेपालले बल्खुस्थित पार्टी कार्यालयदेखि सूर्य चिन्ह आफूहरुको भएको भन्दै छोड्न नसकिने बताएको छ ।

दुबै पक्षको दाबीका कारण नेकपाका देशभरका पार्टी कार्यालयहरु अहिले चाही लगाएर राखिएका छन् । तत्कालिन नेकपाको मुख्यालय कोटेश्वर पेरिश डाँडामा रहेको थियो । उक्त कार्यालयमा आफ्नो पक्षको दाबी नरहेको प्रधानमन्त्री केपी ओलीले सार्वजनिकरुपमा बताइसकेका छन् ।

दुवै पक्षको अडानका कारण पार्टी कार्यालयदेखि अरु भौतिक सम्पत्तिहरुको बाँडफाँडमा दुवै पक्षका नेता कार्यकर्ताबीच ठूलै द्धन्द्ध सिर्जना हुने संभावना बढेर गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?