advertisement

उनले आफूले पार्टी नेतृत्वको आदेश नि:शर्त मान्ने उल्लेख गरे। ‘अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ। यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,’ उनले भने, ‘केही साथी संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन्। यो स्यालको हुइयाँ हो। हामीले यसलाई चिर्नु छ।’

जनताको बीचमा गएर स्थिरता ल्याउने वाचा गर्न जरूरी रहेको उनको भनाइ छ। ‘निर्वाचनबाट प्रतिगामी शक्तिलाई परास्त गरेरमात्रै जनताले विभाजित कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछ,’ उनले भने। मध्यावधि निर्वाचन एउटा आन्दोलन भएको उनको तर्क छ।

‘हामीले अन्तिमसम्म प्रयास गर्‍यौं। नेतृत्वलाई अपदस्थ गर्ने र परिवर्तन गर्न खोजियो। तर नेतृत्व परिवर्तन गर्न वैज्ञानिक तरिका छन्,’ प्रचण्ड-नेपाललाई लक्षित गर्दै उनले भने,‘उहाँहरूले पार्टी फुटाउने कसम खानुभएको थियो। सरकार अपदस्थ गर्ने सपथ खानुभएको रहेछ। पार्टी प्यालेसमा गएर त्यो आकांक्षा पूरा गर्नुभएको छ।’

उनले प्रचण्ड-नेपाल संघीय व्यवस्था उल्ट्याउने योजनामा लागेको आरोप लगाए।

" /> बादलले भने- प्रतिनिधिसभाकाे विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएकाे छ - Sarbocha Media

बादलले भने- प्रतिनिधिसभाकाे विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएकाे छ

`

     २०७७ पौष ०९ गते ११:४५

काठमाडाैं, ९ पुष । नेकपा विभाजनमा आजमात्रै केपी शर्मा ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टी नेतृत्वको आदेश नि:सर्त मान्ने बताएका छन्।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै बादलले पार्टी सशक्त बनाउने र गुटलाई परास्त गर्ने योजना सुनाए।

उनले प्रतिनिधि सभा विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बताए। आफूहरूले नयाँ क्रान्ति गर्नुपर्ने पनि उनको तर्क छ।

‘संसद विघटन अग्रगामी र क्रान्तिकारी कदम थियो। विघटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो। निर्वाचन हुनु अग्रगमन हो। हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,’ उनले भने।

advertisement

उनले आफूले पार्टी नेतृत्वको आदेश नि:शर्त मान्ने उल्लेख गरे। ‘अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ। यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,’ उनले भने, ‘केही साथी संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन्। यो स्यालको हुइयाँ हो। हामीले यसलाई चिर्नु छ।’

जनताको बीचमा गएर स्थिरता ल्याउने वाचा गर्न जरूरी रहेको उनको भनाइ छ। ‘निर्वाचनबाट प्रतिगामी शक्तिलाई परास्त गरेरमात्रै जनताले विभाजित कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछ,’ उनले भने। मध्यावधि निर्वाचन एउटा आन्दोलन भएको उनको तर्क छ।

‘हामीले अन्तिमसम्म प्रयास गर्‍यौं। नेतृत्वलाई अपदस्थ गर्ने र परिवर्तन गर्न खोजियो। तर नेतृत्व परिवर्तन गर्न वैज्ञानिक तरिका छन्,’ प्रचण्ड-नेपाललाई लक्षित गर्दै उनले भने,‘उहाँहरूले पार्टी फुटाउने कसम खानुभएको थियो। सरकार अपदस्थ गर्ने सपथ खानुभएको रहेछ। पार्टी प्यालेसमा गएर त्यो आकांक्षा पूरा गर्नुभएको छ।’

उनले प्रचण्ड-नेपाल संघीय व्यवस्था उल्ट्याउने योजनामा लागेको आरोप लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?