advertisement

चार दिनसम्म कुन समूहमा जानेबारे निर्णय नगरेका बादलले बुधबार रातिमात्रै ओलीलाई रोजेका थिए। आजको केन्द्रीय समिति बैठकअघि पनि बादलले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका थिए। पूर्वमाओवादीका बादल प्रचण्ड-नेपाल समूहमा नगई आफूतिर आएपछि ओलीले उनलाई आफ्नो समूहको उपाध्यक्ष बनाउन लागेको स्रोतले बताएको छ।

उनलाई आजैको केन्द्रीय समितिबाट उपाध्यक्ष बनाउने सम्भावना रहेको स्रोतले बतायो। पूर्वमाओवादीबाट टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि ओली समूहमा लागेका छन्। ओली समूहको केन्द्रीय समिति बैठक अहिले जारी छ।

" /> ओली समूहको बैठकमा बादल, उपाध्यक्ष बनाउने तयारी - Sarbocha Media

ओली समूहको बैठकमा बादल, उपाध्यक्ष बनाउने तयारी

`

     २०७७ पौष ०९ गते ९:१२

काठमाडौं, ९ पुष । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपाको केपी शर्मा ओली (समूह) को केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बादल सहभागी भएका हुन्।

advertisement

चार दिनसम्म कुन समूहमा जानेबारे निर्णय नगरेका बादलले बुधबार रातिमात्रै ओलीलाई रोजेका थिए। आजको केन्द्रीय समिति बैठकअघि पनि बादलले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका थिए। पूर्वमाओवादीका बादल प्रचण्ड-नेपाल समूहमा नगई आफूतिर आएपछि ओलीले उनलाई आफ्नो समूहको उपाध्यक्ष बनाउन लागेको स्रोतले बताएको छ।

उनलाई आजैको केन्द्रीय समितिबाट उपाध्यक्ष बनाउने सम्भावना रहेको स्रोतले बतायो। पूर्वमाओवादीबाट टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि ओली समूहमा लागेका छन्। ओली समूहको केन्द्रीय समिति बैठक अहिले जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?