काठमाडौं, ९ पुस । कुवेतमा कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएको छ ।
वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप आजदेखि दिन लागेको जनाइएको छ । उनीहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको बताइएको छ ।




