advertisement

‘पार्टीको माथिल्लो निकायबाट अर्को सूचना जारी नभएसम्म कार्यालयका कर्मचारीलाई नआउन निर्देशन दिएको रहेछ,’ ढकालले भने, ‘आइतबार संसद् विघटन भएदेखि कार्यालय बन्द गरी ताला लगाइएको छ।’ अर्को सूचना जारी नभएसम्म कार्यालयमा उपस्थित नहुने अर्का कार्यालय सचिव ईश्वरी रिजालले निर्देशन दिएका थिए। कार्यालयका दुई सचिवसहित कुल १५ जना कार्यचारी कार्यरत छन्। तीन दिनदेखि ओली पक्षले ताला लगाएपछि सबै कर्मचारी घरमै बसेका छन्।

कार्यालय सचिव रिजालले काम गर्ने कर्मचारीलाई कोरोना देखिएपछि बन्द गरिएको दाबी गरे। ‘कार्यालयमा काम गर्ने कतिपय कर्मचारीलाई कोरोना देखियो। कतिपयको परिवारमा कोरोना देखियो,’ सचिव रिजालले भने, ‘कर्मचारीको स्वास्थ्यलाई ध्यान दिएर कार्यालय केही दिन बन्द गर्ने निर्णय गरेका हौँ।’

" /> नेकपा केन्द्रीय कार्यालय ३ दिनदेखि ओली पक्षको कब्जामा, देशैभरका कार्यालयहरू कब्जा गर्ने - Sarbocha Media

नेकपा केन्द्रीय कार्यालय ३ दिनदेखि ओली पक्षको कब्जामा, देशैभरका कार्यालयहरू कब्जा गर्ने

`

     २०७७ पौष ०८ गते १:१५

काठमाडौँ, ८ पुष । नेकपा केन्द्रीय कार्यालय धुम्बाराही तीनदेखि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पक्षले कब्जा गरेको छ। पार्टी केन्द्रीय कार्यालय कब्जा गरेपछि देशैभरका पार्टी कार्यालयहरू कब्जा गर्न ओली पक्ष सक्रिय भएको हो।

ओलीले गत आइतबार संसद् विघटन गरेपछि उनी पक्षीय नेताहरूले केन्द्रीय कार्यालय कब्जा गरेका हुन्। संसद् विघटन भएलगत्तै कार्यालयमा कार्यरत कर्मचारीलाई अर्को सूचना जारी नभएसम्मका लागि नआउन निर्देशन दिएको कार्यालय सचिव श्रीराम ढकालले बताए ।

advertisement

‘पार्टीको माथिल्लो निकायबाट अर्को सूचना जारी नभएसम्म कार्यालयका कर्मचारीलाई नआउन निर्देशन दिएको रहेछ,’ ढकालले भने, ‘आइतबार संसद् विघटन भएदेखि कार्यालय बन्द गरी ताला लगाइएको छ।’ अर्को सूचना जारी नभएसम्म कार्यालयमा उपस्थित नहुने अर्का कार्यालय सचिव ईश्वरी रिजालले निर्देशन दिएका थिए। कार्यालयका दुई सचिवसहित कुल १५ जना कार्यचारी कार्यरत छन्। तीन दिनदेखि ओली पक्षले ताला लगाएपछि सबै कर्मचारी घरमै बसेका छन्।

कार्यालय सचिव रिजालले काम गर्ने कर्मचारीलाई कोरोना देखिएपछि बन्द गरिएको दाबी गरे। ‘कार्यालयमा काम गर्ने कतिपय कर्मचारीलाई कोरोना देखियो। कतिपयको परिवारमा कोरोना देखियो,’ सचिव रिजालले भने, ‘कर्मचारीको स्वास्थ्यलाई ध्यान दिएर कार्यालय केही दिन बन्द गर्ने निर्णय गरेका हौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?