advertisement

सोमबार बानेश्वरमा प्रचण्ड–माधव कुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीमा कल्पनै गर्न नसकिने छलकपट भएको बताएका हुन्।

‘उहाँमा (प्रधानमन्त्री) छल, बेइमानी यति धैरे भयो कि कल्पनै गर्न सक्दिनँ’, बैठकमा बोल्दै उनले भने। संवैधानिक नियुक्ति विषयलाई लिएर प्रधानमन्त्रीले ढाँटेको उनको भनाई छ ।

आइतबार बिहान संसद भग्न हुनेबारे आफूलाई जानकारी आएकोबारे सोध्दा पनि त्यसबारे प्रधानमन्त्रीले केही नभनिएको उनले बताए । साथै उनले प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने भोलिको बैठकले निर्णय गर्ने पनि बताएका छन्।

उनले भने, ‘अब संसदीय दलबाट दलको नेता पर्सि चुन्छौं। अनुशासनको कारबाही गर्ने भोलिको बैठकले निर्णय गर्छ ।’ ‘पार्टीको निर्देशन ध्यान दिएर संसदीय दलमा निर्णय गर्छौं।’ यो संविधानले संसद विघटनको अधिकार नदिएको भन्दै उनले प्रधानमन्त्रीलाई पनि उक्त अधिकार प्रयोग गर्ने अधिकार नभएको बताएको छ।

उनले भने, ‘हाम्रो अधिकारको अपहरण भएको छ। हामीलाई मारिएको भनिएको छ। तर हामी ज्यूँदै छौं, ‘प्रधानमन्त्री र राष्ट्रपतिले संसदलाई मार्‍यौं भनेका छन् तर अब हामी जीवित छौं भनेर अदालतमा जाँदैछौं। झण्डै २ सय जनाको जुलुस लिएर सर्वोच्च गएपछि मर्‍यो भन्न मिलेन। सर्वोच्चले त्यो भन्न मिल्दैन।’

" /> २ सय सांसद्को जुलुश लिएर सर्वोच्च जाने प्रचण्डको घोषणा - Sarbocha Media

२ सय सांसद्को जुलुश लिएर सर्वोच्च जाने प्रचण्डको घोषणा

`

     २०७७ पौष ०६ गते १२:०१

काठमाण्डौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले पटक पटक छल, बेइमानी गरेको बताएका छन्।

advertisement

सोमबार बानेश्वरमा प्रचण्ड–माधव कुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीमा कल्पनै गर्न नसकिने छलकपट भएको बताएका हुन्।

‘उहाँमा (प्रधानमन्त्री) छल, बेइमानी यति धैरे भयो कि कल्पनै गर्न सक्दिनँ’, बैठकमा बोल्दै उनले भने। संवैधानिक नियुक्ति विषयलाई लिएर प्रधानमन्त्रीले ढाँटेको उनको भनाई छ ।

आइतबार बिहान संसद भग्न हुनेबारे आफूलाई जानकारी आएकोबारे सोध्दा पनि त्यसबारे प्रधानमन्त्रीले केही नभनिएको उनले बताए । साथै उनले प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने भोलिको बैठकले निर्णय गर्ने पनि बताएका छन्।

उनले भने, ‘अब संसदीय दलबाट दलको नेता पर्सि चुन्छौं। अनुशासनको कारबाही गर्ने भोलिको बैठकले निर्णय गर्छ ।’ ‘पार्टीको निर्देशन ध्यान दिएर संसदीय दलमा निर्णय गर्छौं।’ यो संविधानले संसद विघटनको अधिकार नदिएको भन्दै उनले प्रधानमन्त्रीलाई पनि उक्त अधिकार प्रयोग गर्ने अधिकार नभएको बताएको छ।

उनले भने, ‘हाम्रो अधिकारको अपहरण भएको छ। हामीलाई मारिएको भनिएको छ। तर हामी ज्यूँदै छौं, ‘प्रधानमन्त्री र राष्ट्रपतिले संसदलाई मार्‍यौं भनेका छन् तर अब हामी जीवित छौं भनेर अदालतमा जाँदैछौं। झण्डै २ सय जनाको जुलुस लिएर सर्वोच्च गएपछि मर्‍यो भन्न मिलेन। सर्वोच्चले त्यो भन्न मिल्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?