advertisement

पुल्चोकमा भएको भेलामा सहभागी बादल समूहका सहभागी नेताहरुले संसद् विघटन प्रतिगामी कदम भएको बताएका छन् । सहभागी नेताहरुले गम्भीर र असंवैधानिक राजनीतिक घटनामा मुकदर्शक भएर बस्न नहुने नेताहरुको भनाइ छ ।

बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह छ । यो समूहले नेकपाको केन्द्रीय कमिटीमा आफूहरुको करिब ४० सदस्य रहेको दाबी गर्दै आएको छ ।

अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन् । बादलको उक्त समूहसँग १ दर्जन सांसद भएको बताइन्छ । उक्त समूहपछि माओवादी केन्द्रसँग एकता भएर आएको थियो ।

" /> गृहमन्त्री थापा समूहको निष्कर्ष- संसद् विघटन असंवैधानिक - Sarbocha Media

गृहमन्त्री थापा समूहको निष्कर्ष- संसद् विघटन असंवैधानिक

`

     २०७७ पौष ०६ गते ९:१४

काठमाडाैं, ६ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपा फुट संघारमा पुगेका बेला नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा (बालल)ले निकट नेताहरुको भेला गरेका गरेका छन् ।

आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिए पनि बादलले भने दिएका थिएनन् । उनले राजीनामा नदिएपछि बादल प्रधानमन्त्री ओलीको पक्षमा उभिएको विश्लेषण गरिएको थियो ।

advertisement

पुल्चोकमा भएको भेलामा सहभागी बादल समूहका सहभागी नेताहरुले संसद् विघटन प्रतिगामी कदम भएको बताएका छन् । सहभागी नेताहरुले गम्भीर र असंवैधानिक राजनीतिक घटनामा मुकदर्शक भएर बस्न नहुने नेताहरुको भनाइ छ ।

बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह छ । यो समूहले नेकपाको केन्द्रीय कमिटीमा आफूहरुको करिब ४० सदस्य रहेको दाबी गर्दै आएको छ ।

अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन् । बादलको उक्त समूहसँग १ दर्जन सांसद भएको बताइन्छ । उक्त समूहपछि माओवादी केन्द्रसँग एकता भएर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?