काठमाडौं, ६ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका बारे छलफल हुने र विरोध कार्यक्रम तय हुने कांग्रेसका एक नेताले जानकारी दिए ।

नेताले भने, आइतबार नै कांग्रेस, नेकपाको दाहाल–नेपाल समूह तथा जसपाका नेताहरूले अनौपचारिक छलफल गरेर संयुक्त विरोध कार्यक्रम गर्ने तयारी गरेका थिए । संयुक्त विरोध कार्यक्रमबारे आज तयारी हुन्छ । भोलि कांग्रेस र नेकपा दुवै दलको केन्द्रीय समिति बैठक छन् । आज तयार हुने विरोध र आन्दोलनका कार्यक्रमलाई भोलि दुवै दलका केन्द्रीय समितिले अनुमोदन गर्नेछन्।
आइतबारको छलफलमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र जसपा नेता बाबुराम भट्टराईले संयुक्त विरोधका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए ।




