advertisement

‘यो घटना नेपाल कम्युनिष्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो। सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको छ’ बैठकपछि कांग्रेसले निकालेको विज्ञप्तिमा भनिएको छ।

ओली सरकारले जनादेशको अपमान गरेको कांग्रेसले जनाएको छ। ‘विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ,’ पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

" /> ओली सरकारले जनमतको अपमान गर्‍यो: कांग्रेस - Sarbocha Media

ओली सरकारले जनमतको अपमान गर्‍यो: कांग्रेस

`

     २०७७ पौष ०५ गते २:४६

काठमाडौं, ५ पुष । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ‌ओली नेतृत्वको सरार सर्वसत्तावादी र निरंकुश बाटोमा गएको निष्कर्ष निकालेको छ। आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारले संसद विघटन गर्नु बदनियतपूर्ण कार्य भएको बताएको हो।

advertisement

‘यो घटना नेपाल कम्युनिष्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो। सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको छ’ बैठकपछि कांग्रेसले निकालेको विज्ञप्तिमा भनिएको छ।

ओली सरकारले जनादेशको अपमान गरेको कांग्रेसले जनाएको छ। ‘विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ,’ पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?