काठमाडाैं, ५ पुष । नेपाल कम्युनिष्ट पार्टीका नेतृ राम कुमारी झार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले कम्यूनिष्ट आन्दोलन समाप्त गरेको आरोप लगाएकी छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि नेतृ झार्कीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त कुरा बताएकी हुन् । उनले लेखेकी छन्, ‘केपी ओली र विद्या भण्डारीलाई बधाई दिउँ कम्यूनिष्ट आन्दोलन समाप्त गरेकोमा ।’

उनले लोकतान्त्रिक गणतन्त्रको लागि फेरी एक पटक लड्नकाे लागि आग्रह समेत गरेकी छन् । ‘आउनुस्, लोकतान्त्रिक गणतन्त्रको लागि एक पटक फेरी लडौं,’ उनले ट्वीटरमा लेखेकी छन् ।




