५ मन्त्रीले राजीनामा दिँदै !

`

     २०७७ पौष ०५ गते ९:०३

काठमाडौं, ५ पुष । पूर्वमाओवादी पक्षका ५ मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पूर्व माओवादीबाट मन्त्री बनेका ५ मन्त्रीहरुले राजीनामा दिने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

राजीनामा तयारी गरेका मन्त्रीहरुमा उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् । उनीहरूले अहिले राजीनामाकाे लागि आन्तरिक सल्लाहमा रहेकाे बताइएको छ ।

राजीनामा दिने तयारीमा रहेका मन्त्रीहरुले बरिष्ठ नेता माधव कुमार नेपालसँग पनि सल्लह गर्ने जनाइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गर्न गरेको प्रति विभिन्न पार्टीका नेता तथा मन्त्री परिषदका सदस्यहरुबाटै आलोचना भइरहेको छ ।

५ बाहेक पूर्व माओवादीबाट मन्त्री बनेका अन्यले भने केही प्रतिकृया दिइरहेका छैनन् । बरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट मन्त्री बनेका केहीले भने विघटनप्रति बिरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?