advertisement

तर, प्रधानमन्त्री ओलीले संविधानमै व्यवस्था नभएको स्वेच्छाचारी अधिकार प्रयोग गरेर संसद विघटन गरेका छन् ।

" /> प्रधानमन्त्री ओलीले आकस्मिक बैठक राखेर संसद विघटन गर्न सिफारिस गरे - Sarbocha Media

प्रधानमन्त्री ओलीले आकस्मिक बैठक राखेर संसद विघटन गर्न सिफारिस गरे

`

     २०७७ पौष ०५ गते ५:५२

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटन गर्न सिफारिस गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रीहरुलाई आकस्मिक बैठक बोलाएर ताजा जनादेशका लागि भन्दै संसद विघटनको प्रस्ताव ल्याए ।

विगतमा २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएता पनि वर्तमान संविधानले बहुमत प्राप्त दलको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छैन ।

advertisement

तर, प्रधानमन्त्री ओलीले संविधानमै व्यवस्था नभएको स्वेच्छाचारी अधिकार प्रयोग गरेर संसद विघटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?