कैलाली, ५ पुस। सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थापाको स्वाब परीक्षण गराउँदा नतिजा पोजेटिभ देखिएको बताइएको छ ।
थापालाई केही दिनदेखि हल्का ज्वरोको लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको सचिवालयले जनाएको छ ।

कोरोना पुष्टिपछि थापा होम आइसोलेसनमा छन् ।




