advertisement

यस्तै, महिला सदस्यमा अमिता गौतम पौडेल र सदस्यहरूमा अनन्त कार्की, अनन्तराज लुईँटेल, तिलकविक्रम पाण्डे लगायतका निर्वाचित भएका छन् ।

" /> सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्य विजयी - Sarbocha Media

सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

`

     २०७७ पौष ०५ गते १:२९

काठमाडौं, ५ पुस । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् ।

प्रगतिशिल समूहका रविनारायण खनाललाई पराजित गर्दै शाक्य विजयी भएका हुन् । नयाँ कार्यसमितिका लागि शनिबार खनाल र शाक्य चुनावी मैदानमा उत्रिएका थिए।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूह वरिष्ठ अविधक्ता खनाल र वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवासायी समूह शाक्यको नेतृतवमा चुनावी मैदानमा उत्रिएका थिए ।

कार्यसमितिमा पदाधिकारीसहित बहुमत सदस्य लोकतान्त्रिक समूहबाट विजयी भएका छन् । उपाध्यक्षमा प्रगतिशिल समूहका मुकुन्द प्रसाद पौडेल, सचिवमा लोकतान्त्रिक समूहका ऋषिराम घिमिरे, सहसचिव शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की निर्वाचित भएका छन्।

advertisement

यस्तै, महिला सदस्यमा अमिता गौतम पौडेल र सदस्यहरूमा अनन्त कार्की, अनन्तराज लुईँटेल, तिलकविक्रम पाण्डे लगायतका निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?