advertisement

भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिन भनेका थिए। तर प्रधानमन्त्री ओलीले भने अझै केही परामर्श गरेरमात्रै फिर्ता लिने जवाफ दिएका थिए। मंगलबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए भने बुधबार फिर्ता गर्न तयार भएका थिए। यद्यपि अध्यादेशबारे मन्त्रिपरिषदमा जानकारी गराइएको थिएन।

यसअघि शुक्रबार दिउँसो पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश-१ का प्रचण्ड-नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरूको भेला भएको थियो।

भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको एकलौटीपन र पछिल्लो परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने बताए थिए। भेलाले ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्षसमेत निकालेको बताइएको छ।

" /> प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड - Sarbocha Media

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

`

     २०७७ पौष ०३ गते २:०३

काठमाडाैं, ३ पुष । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ। शुक्रबार साँझ ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका स्रोतले बतायो।

उनले प्रधानमन्त्रीलाई संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै आएका छन्। बिहीबार पनि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेट भएको थियो।

advertisement

भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिन भनेका थिए। तर प्रधानमन्त्री ओलीले भने अझै केही परामर्श गरेरमात्रै फिर्ता लिने जवाफ दिएका थिए। मंगलबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए भने बुधबार फिर्ता गर्न तयार भएका थिए। यद्यपि अध्यादेशबारे मन्त्रिपरिषदमा जानकारी गराइएको थिएन।

यसअघि शुक्रबार दिउँसो पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश-१ का प्रचण्ड-नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरूको भेला भएको थियो।

भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको एकलौटीपन र पछिल्लो परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने बताए थिए। भेलाले ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्षसमेत निकालेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?