काठमाडौँ, ३ पुष । रौतहटस्थित श्रीराम सुगर मिल्सले उखु किसानका बाँकी रहेको बक्यौता रकम आजैदेखि भुक्तानी गर्ने जनाएको छ । रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा गरिसकेको मिल्सले शुक्रबार विज्ञप्तिमा जारी गरी उल्लेख गरेको छ ।

‘विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गइ परिस्थिती हाम्रा उखु किसानहरुलाई भुक्तानी बिलम्ब भई पर्न गएको पीर मर्का तथा दुःखप्रति पुन: क्षमाप्रार्थी छौं,’ विज्ञप्तीमा भनिएको छ ।
श्रीराम सुगरले किसानहरुलाई २६ करोड रकम तिर्नुपर्ने देखिएको छ । रकम भुक्तानीको माग गर्दै किसानहरुले गत आइतबारदेखि राजधानीमा प्रदर्शन गरिरहेका छन् ।




