advertisement

मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। यो अध्यादेश फिर्ता लिन सत्तापक्ष साथै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि माग गरेको थियो।

मंगलबार डाकिएको संवैधानिक परिषद बैठक सभामुख अग्‍निप्रसाद सापकोटाले बहिष्कार गरेपछि ओलीले बहुमतीय प्रक्रियाबाट संवैधानिक परिषद्‍मा नियुक्तिका लागि अध्यादेश ल्याएर संशोधन गरेका थिए।

अध्यादेश ल्याएपछि ओलीले मंगलबारै साँझ संवैधानिक परिषद् बैठक डाकेका थिए। उक्त बैठकले अख्तियार प्रमुखसहित विभिन्‍न जनालाई संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको समाचार आएपनि प्रम ओलीले बुधबार त्यसको खण्डन गरे।

उक्त बैठकमा प्रमुख प्रतिपक्षका नेता र सभामुख उपस्थित भएनन्। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र जबर, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए। यो बैठकपछि बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकमा ओ‌लीले अध्यादेश फिर्ता लिने बताएका थिए। बैठकले अध्यादेश सर्वसम्मत फिर्ता लिने निर्णय पनि लिएको थियो।

उ

" /> प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषद्‍ बैठक, देउवा नजाने - Sarbocha Media

प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषद्‍ बैठक, देउवा नजाने

`

     २०७७ पौष ०२ गते ९:०१

काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषद् बैठक बोलाएका छन्। बुधबार बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकमा सोमबार जारी गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय भएको थियो।

यो निर्णयपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताका लागि आजै मन्त्रिपरिषद् बैठक बस्दैछ। यस्तोमा ओलीले बिहीबार साँझ साढे ५ बजेका लागि संवैधानिक परिषद् बैठक डाकेका हुन्। यो बैठकलाई बुधबारको सहमति अनुसार समापनका रुपमा बालुवाटारले व्याख्या गरेको छ।

बुधबार भएको सहमति विपरीत ओलीले परिषद् बैठक बोलाएका हुन्।

देउवा नजाने

संवैधानिक परिषद् बैठकका लागि ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई पनि खबर गरिसकेको स्रोतले जनाएको छ। तर सभापति देउवा भने नजाने भएका छन् ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म प्रतिपक्षी दलको नेता नजाने बताए ।

advertisement

मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। यो अध्यादेश फिर्ता लिन सत्तापक्ष साथै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि माग गरेको थियो।

मंगलबार डाकिएको संवैधानिक परिषद बैठक सभामुख अग्‍निप्रसाद सापकोटाले बहिष्कार गरेपछि ओलीले बहुमतीय प्रक्रियाबाट संवैधानिक परिषद्‍मा नियुक्तिका लागि अध्यादेश ल्याएर संशोधन गरेका थिए।

अध्यादेश ल्याएपछि ओलीले मंगलबारै साँझ संवैधानिक परिषद् बैठक डाकेका थिए। उक्त बैठकले अख्तियार प्रमुखसहित विभिन्‍न जनालाई संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको समाचार आएपनि प्रम ओलीले बुधबार त्यसको खण्डन गरे।

उक्त बैठकमा प्रमुख प्रतिपक्षका नेता र सभामुख उपस्थित भएनन्। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र जबर, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए। यो बैठकपछि बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकमा ओ‌लीले अध्यादेश फिर्ता लिने बताएका थिए। बैठकले अध्यादेश सर्वसम्मत फिर्ता लिने निर्णय पनि लिएको थियो।

उ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?