advertisement

इन्डोनेसियामा कोरोनाका कारण अहिलेसम्म १९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्, भने छ लाख ३० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

" /> बुधबारदेखि इन्डोनेसियामा कोरोनाविरुद्धको खोप लगाउन सुरु, सबैभन्दा पहिला राष्ट्रपति विडोडोले लगाए - Sarbocha Media

बुधबारदेखि इन्डोनेसियामा कोरोनाविरुद्धको खोप लगाउन सुरु, सबैभन्दा पहिला राष्ट्रपति विडोडोले लगाए

`

     २०७७ पौष ०२ गते ४:५७

एजेन्सी, २ पुस । इन्डोनेसियामा कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा पहिलो त्यहाँका राष्ट्रपति जोको विडोडोले लगाएका छन् ।

हिजो बुधबारदेखि लगाउन सुरु गरिएको खोप सबैभन्दा पहिलो खोप राष्ट्रपति विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको सुरुआत गरिएको हो ।उनले खोप लगाएपछि आफ्नो देशका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।

राष्ट्रपति विडोडोले खोप लगाएपछि सामाजिक सञ्जाल ट्वीटरमा कोरोनाविरुद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताएका हुन्।

त्यहाँ सुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई खोप लगाइने र त्यसपछि जोखिमको मात्राका आधारमा प्राथमिकता निर्धारण गरेर सबैलाई लगाइने जनाइएको छ।

अधिकारीहरूका अनुसार इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड खोप किन्नका लागि सम्झौता गरिसकेको छ।

advertisement

इन्डोनेसियामा कोरोनाका कारण अहिलेसम्म १९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्, भने छ लाख ३० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?