काठमाडौं, २ पुस । काठमाडौं उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।
आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कुनै उल्लेखनिय मौसमी प्रणाली छैन ।

जसका कारण वर्षकै अत्याधिक चिसो महसुस गरिएको महाशाखाले जनाएको छ । केही दिनदेखि काठमाडौंको तापक्रम निरन्तर रुपमा घटिरहेको छ ।




