advertisement

मङ्गलबार रु एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ ।

" /> आज सुनको मूल्यमा ८०० ले वृद्धि - Sarbocha Media

आज सुनको मूल्यमा ८०० ले वृद्धि

`

     २०७७ पौष ०१ गते ६:२६

काठमाडौं, १ पुष । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ ।

पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ ।

मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो । मङ्गलबारको तुलनामा प्रतितोला रु ८०० ले उकालो लागेको महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने रु ९१ हजार ८५० मा कारोवार भएको थियो । यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ ।

advertisement

मङ्गलबार रु एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?