advertisement

प्रवक्ता शर्माका अनुसार मंगलबार बिहान बालुवाटार पुगेका सभापति देउवाले नयाँ अध्यादेश ल्याउने विषयमा असहमति प्रकट गरेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‍मा निर्णय गराएर राष्ट्रपतिलाई सिफारिस गरेका थिए। लगत्तै राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी थिइन्।

यसअघि कांग्रेस नेता रमेश लेखकले संसद् चल्न लागेकाले अब अध्यादेश ल्याउनुको अर्थ नभएको सभापति देउवाले ओलीलाई बताएको जानकारी दिएका थिए। अध्यादेशमा कांग्रेसको सहमति नभएको समेत उनले बताएका थिए। ‘अध्यादेशमा कांग्रेसको सहमति छैन,’ उनले भनेका थिए।

" /> ५ बजेको संवैधानिक परिषद्‍ बैठकमा देउवा नजाने - Sarbocha Media

५ बजेको संवैधानिक परिषद्‍ बैठकमा देउवा नजाने

`

     २०७७ मंसिर ३० गते १०:३४

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषद्‍को बैठकमा नजाने भएका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवा मंगलबार बेलुका ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्‍को बैठकमा उपस्थित नहुने जानकारी दिएका हुन्।

‘कांग्रेसको असहमति हुँदाहुँदै प्रधानमन्त्रीले नयाँ अध्यादेश सिफारिस गरी राष्ट्रपतिले जारी गरेकाले सभापति देउवा आजको बैठकमा सहभागी हुनुहुन्न,’ प्रवक्ता शर्माले भने।

advertisement

प्रवक्ता शर्माका अनुसार मंगलबार बिहान बालुवाटार पुगेका सभापति देउवाले नयाँ अध्यादेश ल्याउने विषयमा असहमति प्रकट गरेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‍मा निर्णय गराएर राष्ट्रपतिलाई सिफारिस गरेका थिए। लगत्तै राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी थिइन्।

यसअघि कांग्रेस नेता रमेश लेखकले संसद् चल्न लागेकाले अब अध्यादेश ल्याउनुको अर्थ नभएको सभापति देउवाले ओलीलाई बताएको जानकारी दिएका थिए। अध्यादेशमा कांग्रेसको सहमति नभएको समेत उनले बताएका थिए। ‘अध्यादेशमा कांग्रेसको सहमति छैन,’ उनले भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?