advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक परिषद्को बैठक डाकेपनि गणपुरक संख्या पुर्‍याउन सकेका थिएनन्। सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि मंगलबार बिहान डाकिएको बैठक पनि स्थगित भएको थियो। प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजेका लागि परिषद्को बैठक राखेका छन्।

संवैधानिक परिषद् बैठक बस्न ५ जना उपस्थित हुनुपर्ने व्यवस्था छ। हाल उपसभामुख पद रिक्त छ भने सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित रहँदै आएका छन्। गणपुरक संख्या पुर्‍याउन नसकेपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट बाटो फुकाएका हुन्। अध्यादेशमा के छ भन्ने विषय सार्वजनिक भैसकेको छैन।

" /> राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी - Sarbocha Media

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

`

     २०७७ मंसिर ३० गते ८:५५

काठमाडौं, ३० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्।

advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक परिषद्को बैठक डाकेपनि गणपुरक संख्या पुर्‍याउन सकेका थिएनन्। सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि मंगलबार बिहान डाकिएको बैठक पनि स्थगित भएको थियो। प्रधानमन्त्री ओलीले आजै साँझ ५ बजेका लागि परिषद्को बैठक राखेका छन्।

संवैधानिक परिषद् बैठक बस्न ५ जना उपस्थित हुनुपर्ने व्यवस्था छ। हाल उपसभामुख पद रिक्त छ भने सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित रहँदै आएका छन्। गणपुरक संख्या पुर्‍याउन नसकेपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट बाटो फुकाएका हुन्। अध्यादेशमा के छ भन्ने विषय सार्वजनिक भैसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?