काठमाडौं, ३० मंसिर । आजको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको हो ।
स्थगित बैठक प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बोलाएका छन् ।

प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थलमा पुगेका थिए ।




