advertisement

‘प्रधानमन्त्री ओलीलाई कहिले अगाडि त कहिले पछाडि बोक्दा उहाँहरूले (प्रचण्ड र माधव नेपाल) आफू पनि नाङ्गिएको थाहा पाउनुभएन,’ उनले भने।

सांसद थापाले ओली सरकारका पालामा भ्रष्टाचार बढेको बताए। भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए पुग्ने उनले बताए। ‘भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन, बालुवाटार गए पुग्छ। सिंहदरबार गए पुग्छ,’ उनले भने।

उनले प्रधानमन्त्री ओली असफल भइसकेको दाबी गरेका छन्। सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको भन्दै उनले आलोचना गरेका छन्।

" /> प्रधानमन्त्री ओली नाङ्गै सडकमा हिँडिरहनु भएको छ: गगन थापा - Sarbocha Media

प्रधानमन्त्री ओली नाङ्गै सडकमा हिँडिरहनु भएको छ: गगन थापा

`

     २०७७ मंसिर २९ गते ९:०६

काठमाडौं, २९  मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाएका छन्।

कैलालीमा आज सरकारविरूद्ध कांग्रेसले गरेको प्रदर्शनमा थापाले भने, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ। हामीले भन्दा लागेन। अहिले प्रचण्ड र माधव नेपालले भनिरहनुभएको छ।’ प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने प्रचण्ड र माधव नेपाल पनि नाङ्गै हिँडिराखेको उनको भनाइ छ।

advertisement

‘प्रधानमन्त्री ओलीलाई कहिले अगाडि त कहिले पछाडि बोक्दा उहाँहरूले (प्रचण्ड र माधव नेपाल) आफू पनि नाङ्गिएको थाहा पाउनुभएन,’ उनले भने।

सांसद थापाले ओली सरकारका पालामा भ्रष्टाचार बढेको बताए। भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए पुग्ने उनले बताए। ‘भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन, बालुवाटार गए पुग्छ। सिंहदरबार गए पुग्छ,’ उनले भने।

उनले प्रधानमन्त्री ओली असफल भइसकेको दाबी गरेका छन्। सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको भन्दै उनले आलोचना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?