advertisement

आइतबार विज्ञप्ति जारी गर्दै देउवाले कोरोना महामारीको समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न रगराउन आग्रह गरेका छन्।

" /> सरकारविरुद्ध आज ७७ वटै जिल्लामा कांग्रेसको विरोध प्रदर्शन - Sarbocha Media

सरकारविरुद्ध आज ७७ वटै जिल्लामा कांग्रेसको विरोध प्रदर्शन

`

     २०७७ मंसिर २९ गते २:१२

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज सरकारविरुद्ध देशव्यापी विरोध गर्दै सडकमा उत्रिदै छन् ।

कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको जनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसंगै सबै लोकतन्त्रपक्षधरलाई अपील समेत गरेका छन्।

advertisement

आइतबार विज्ञप्ति जारी गर्दै देउवाले कोरोना महामारीको समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न रगराउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?