‘मोदीको रगतले लतपतिएकाे मस्तिष्कको चक्रव्युहमा नेपाललाई पार्न खोजिँदैछ’

`
हेमराज थापा
हेमराज थापा      २०७७ मंसिर २८ गते १:२०

प्रिय युवा मित्र… नमस्कार
म हेमराज थापा।
जब शाशकहरु निकम्मा हुन्छ्न् तब देश अनावश्यक द्वन्द्वमा फस्दछ । युवाहरुले यो जान्न आवस्यक हुन्छ- कुनै पनि देश आफैँमा शक्तिशाली र विकसित हुँदैन, देशलाई शक्तिशाली र विकसित बनाउन देशका युवाहरुले ठोस परिस्थिति अनुसार आफूलाई ढाल्नु पर्दछ र निर्णय लिन सक्नुपर्ने हुन्छ ।

विषेशतया तरल राजनैतिक अवस्था र निकम्मा शाशक भएका देशहरुमा वैदेशिक शक्तिहरुले लगातार चलखेल गरिरहन्छ्न् र दशकौँसम्म देशमा द्वन्द्व र अशान्ती फैलिरहन्छ। एसिया बृत्तका अफगानिस्तानदेखि अफ्रिकन मुलुक सुडान, कँगो र हाइटीसम्मको इतिहास नियाल्ने हो भने कमजोर राजनैतिक धरातल र युवाहरुको ढुलमुले नीतिले आजसम्म पनि ती देशहरुमा द्वन्द र अशान्ति छ।

इतिहासको सँगिन मोडमा आज नेपालको युवाहरु छौँ, एकातिर राजनैतिक दलहरुको अक्रमण्यता र नालाएकिपना छ भने अर्कोतिर वैदेशिक दलाल विशेषतया भारतीय विस्तारबाद र अमेरिकी हस्तक्षेपको कोपभाजनमा नेपाल छ।

RSS, BJP र योगि आदित्य नाथ अनि तिनका गडफादर नरेन्द्र मोदीको रगतले लतपतिएको मस्तिष्कको चक्रव्युहमा नेपाललाई पार्न खोजिँदैछ । उत्तरतिरकी जादुयी सुन्दरीको चामत्कारिक करिस्माले नेकपारुपी बयालगाढाका दुईजना पाइलटहरु पनि बेला बेला ढल्ने गरेका छन् । BRI देखि MCC सम्म आइपुग्दा प्रस्ट रुपमा धर्तिको स्वर्ग हाम्रो प्रिय नेपाललाई शक्तिशाली देशहरुको खेल मैदान बनाउने योजना देखिन्छ ।

प्रिय युवा मित्रहरु,,
जनताको कुरा सुन्नेछौँ र राष्ट्रवाद भन्दा ठूलो हाम्रो ज्यान हुने छैन भनेर कम्युनिष्टको उध्योग खोलेर जनतासँग पानीजहाज, बिजुली ,रेल र बिकासको उधारो सम्झौता गरेका खड्ग ओलि र छबिलाल दहालले सम्झौता कार्यान्वयन गर्नुको साटो जनताको रगत र पसिना माथी मोज मस्ती गरिरहेका छन भने नेपाल र नेपालिको सपना र भविस्यमाथी बलात्कार गरिरहेका छन।रातारात जनताको सेवक बनेका हात्तिछाप चप्पलेहरु अरबौँका मालिक बनेका छन ।वाइडबडी,सुन,Ncell,बालुवाटारको जग्गा,यति ,ओम्नि,कोरोना राहातको 10 अर्ब हुँदै गोकुल बास्कोटा सम्म आइपुग्दा जनताको कर माथी भद्दा मजाक गर्दै एसियाको नम्बर एक भ्रष्टाचारि देश बनाएर तेसको नेतृत्व केपि ओलिले गरिरहेरका छन।शक्तिसाली दुइतिहाइको जनमतलाई शाशकिय बुटले कुल्चिएर आफैँले रचेको आफ्नो नक्कली राष्ट्रबादलाई स्खलन गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतीय शाशक मोदिलाई सुम्पिएका छन भने बाँकी रहेका पार्टी र तिनका नेताहरु पनि ओलितन्त्र सँगै सति गएका छन ।जसको परिणाम स्वरुप परिबर्तित डिजिटलाइजेसन सँसार संगै हुर्कियको हाम्रो पुस्ता आज राजनिती र नेता प्रती एकदमै निराश बनेको छ।

प्रिय युवा ,,
यति हुँदाहुँदै पनि हामीले यो कुरा जान्न आवस्यक छ की यदी संसार परिवर्तन गर्नु छ भने सूरु आफैँबाट गर्नुपर्छ भन्ने एउटा महान भनाइ हामीले कहिल्यै पनि बिर्सनु हुँदैन । यो संसारको इतिहास हेर्ने हो भने, संसारका महान मान्छेहरू कुनै पनि परिवारबाद वा लिगेसीबाट आएका छैनन् । आदिम प्लेटो सुकरत, एरिसटोटलदेखि महात्मा गान्धी, नेल्सन मन्डेला, अब्राहम लिंकनको कुरा होस वा कार्ल माक्स, माओत्सेतुङ, लेनिन, फिडेल वा अर्नेष्ट चे होलान इतिहासका यी महामानबहरु साधारण जनता थिए । नेपालकै पुस्पलाल श्रेष्ठ, बिपि कोइराला वा मदन भण्डारीको कुरा होला उहाँहरु सबै जना साधारण जनता हुनुहुन्थ्यो । आज नेकप ले र कांग्रेसले पुस्पलाल, मदन, विपी र गणेशमानहरुको ब्याज खाइरहेका छन् ।

कोहि वर्ष १४  जेल बसेँ भनेर ब्याज खाइरहेका छन्, कोहि १० वर्ष जनयुद्ध लड्याैँ भनेर ब्याज खाइरहेका छन् । अनि कोहि हाम्रो जिब्रोमा करेन्ट लगाइयो भनेर ब्याज खाइरहेका छन् । कोहि पृथ्वीनारायण शाहा र राजा महेन्द्रको ब्याज हामीले खानुपर्छ भनेर लागिरहेका छन् ।

प्रिय युवा…
कुनै पनि तन्त्र र बादहरु भन्दा ठूलो कुरा देश र जनता हुन्छ भन्ने कुरा तपाईँ, म र हामीले बिर्सिनु हुँदैन । इतिहासको निकै कठिन मोडमा उभिएर हामीले हिजोदेखि आजसम्मको राजनैतिक पाटोलाई नियाल्ने हो भने यहाँ कोहि पनि चोखो छैन । २४० वर्ष लामो बँसिय शासन पनि नेपालमा देखिएको हो । राणा शासन पन्चायत, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा देश र जनताले के पाय के पाएनन् भन्ने कुरा तपाईँ हामीले मुल्याँकन गर्ने कि नगर्ने?

आज निर्माण हुनुमा हिजोको महत्वोपूर्ण भूमिका रहन्छ, इतिहासको गर्वमा रहेका नमिता सुमिता हत्याकाण्डदेखि बिरेन्द्रको बंशनासकाण्ड होस् वा मदन जिबराज हत्याकाण्ड होस्, मैना सुनुवार प्रकरण होस् वा प्रबिण गुरुङ हत्या काण्ड होस् साच्चिकै छातिमा हात राखेर सोच्ने हो भने शिबपुरी जंगल र भैरबनाथ गणभित्रका मानव कंकाल अनि चित्कारहरुको परिणाम नै आजको नागरिक सर्बोच्चता हो

यदि हामीले हामीले निर्मम र रक्तरन्जित हिजोलाई बिर्सियौँ भने हामी एकतर्फी हुनेछौँ। वर्तमान निकम्मा र भ्रष्ट शाशकहरुले देश र नागरिकको इक्षा अनुसार काम गरेनन भन्दै गर्दा हिजोका शाशकहरुको शनक र नालायकिपनलाई हामीले बिर्सियौँ भने इतिहासको अपब्याख्या हुन जान्छ र आउँदो भोलिले पनि दुख पाउँदछ।

प्रिय युवा…
समाज बिज्ञानको निoम सधैं प्रोग्रेसिभ हुन्छ । जसरी दर्शन, प्रबिधि र बिज्ञानमा निएमित परिवर्तन आएको छ ठिक त्यसैगरी राजनीती र दर्शन पनि परिवर्तित हुन्छ। आज हामी उत्तर आधुनिकताबादको इरामा छौं, नियो मार्क्सिस्ट इरामा छौँ, पोस्ट डेमोक्रेसी र पोस्ट रिपब्लिक इरामा छौँ । यो सबै कुराको सार मल्टिपल रियालिज्म हुन्छ ।

यो युगमा आइपुग्दा नागरिक सर्बोच्चताको बिकल्प बँसबाद नभै अझ उच्चकोटिको नागरिक सर्बोच्चता हो । हामी त झन के भनिरहेका छौँ भने सिंहदरबार र बालुवाटारको लगाम जनताको हातमा हुनु पर्दछ । तपाईँ हामीले जान्नु पर्ने कुरा के हो भने SEE पास गरेर ११ /१२ मा पढ्ने हो । ११ /१२ मा फेल भयो भने १० कक्षामा आएर बस्ने हैन कि आफूलाई सुधारे मेहेनत गरेर ११ /१२  पास गरेर ब्याचोलरमा भर्ना हुने हो ।

त्यसैगरी हामीले चलाइराखेको एन्ड्रोइड मोबाइलमा खराबी आयो भने घरमा राखेको टेलिफोन सेट बोकेर हिँड्ने हैन कि एन्ड्रोइड फोनमा सुधार गरेर अझ राम्रो एन्ड्रोइड फोन आबिस्कार गर्ने हो ? युवाहरूले गम्भिर रूपले साेच्नेबेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?