advertisement

मङ्गलवार नै अमेरिकी नियामकले फाइजर र बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ। त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ। बीबीसीबाट

" /> पद सम्हालेको सय दिनमा १० करोडलाई कोरोनाविरुद्धको खोप दिने बाइडनको बाचा - Sarbocha Media

पद सम्हालेको सय दिनमा १० करोडलाई कोरोनाविरुद्धको खोप दिने बाइडनको बाचा

`

     २०७७ मंसिर २४ गते ५:३३

एजेन्सी, २४ मंसिर । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्।

उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबीचमा कोरोनाको बाटो भने मोड्ने बताए। २० ज्यानुअरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई १०० दिनसम्म मास्क लगाउन आग्रह गरे।

advertisement

मङ्गलवार नै अमेरिकी नियामकले फाइजर र बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ। त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?