काठमाडौं, २२ मंसिर । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाई महताफलाई भारतबाट पक्राउ गरिएको छ।
उनलाई भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरेर रौतहटतर्फ ल्याइएको बताइएको छ । अफताब आलमलाई गत वर्ष २६ असोजमा पक्राउ गरिएको थियो । आलम हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।

२७ चैत ०६४ मा चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको अभियोग छ ।




