advertisement

स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष केपी शर्मा ओलीका दुवै ‘प्रस्ताव’मा छलफल हुने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सचिवालय बैठकमा उक्त प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटी बैठक बसेकाे हाे ।

यसअघि गत मंसिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति मंसिर १८ गतेलाई तोकेको थियो । तर, सचिवालयमा अध्यक्षद्वयको प्रस्तावले निम्तिएको असहज परिस्थितिले गर्दा मंसिर २१ गतेलाई बैठक सारिएको थियो । मंसिर १७ गतेको सचिवालय बैठकले १८ गतेको बैठकलाई २१ गतेसम्म सारेको हो ।

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरेका थिए। मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए ।

" /> अध्यक्ष ओली बिनै नेकपा स्थायी समिति बैठक सुरु - Sarbocha Media

अध्यक्ष ओली बिनै नेकपा स्थायी समिति बैठक सुरु

`

     २०७७ मंसिर २१ गते ८:३५

काठमाडाैं, २१ मंसिर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिविनै नेकपा स्थायी कमिटी बैठक पार्टी सुरू भएकाे छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित स्थायी कमिटी सदस्यहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिएका छन् । अध्यक्ष ओलीको चाहना नभए पनि सचिवालयका अधिकांस सदस्यका कारण स्थायी कमिटी बैठक पूर्वानिर्धारित मितिमै बोलाइएको हो । प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको सचिवालयको बैठकमै बताउँदै आएका थिए ।

advertisement

स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष केपी शर्मा ओलीका दुवै ‘प्रस्ताव’मा छलफल हुने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सचिवालय बैठकमा उक्त प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटी बैठक बसेकाे हाे ।

यसअघि गत मंसिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति मंसिर १८ गतेलाई तोकेको थियो । तर, सचिवालयमा अध्यक्षद्वयको प्रस्तावले निम्तिएको असहज परिस्थितिले गर्दा मंसिर २१ गतेलाई बैठक सारिएको थियो । मंसिर १७ गतेको सचिवालय बैठकले १८ गतेको बैठकलाई २१ गतेसम्म सारेको हो ।

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘अभियोग पत्र’ पेस गरेका थिए। मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रत्युत्तरपत्र’ खाममा हालेर सचिवालय सदस्यलाई अध्ययन गर्न दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?