एजेन्सी, २१ मंसिर । कोरोना भाइरसको उदगम स्थलबारे एक नयाँ रहस्य पत्ता लागेको छ ।
वैज्ञानिकहरूले लगभग एक वर्ष अघि नयाँ सार्स–कोभ–२ कोरोनाभाइरस चीनमा देखापरेको जानकारी दिएको थियो । तर कोभिड–१९ महामरीको केन्द्रमा रहेको उक्त भाइरस लामो समयदेखि अस्तित्वमा रहेको हुनसक्ने एउटा नयाँ अध्ययनबाट पत्ता लागेको छ।
अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का वैज्ञानिकहरूले आफ्नो अध्ययनको निष्कर्ष संक्रामक रोगसम्बन्धी एउटा जर्नलमा प्रकाशित गरेका हुन्।
महामारीको सिलसिला आधिकारिक रूपमा सन् २०१९ को डिसेम्बर ३१ तारिखमा चीनको वुहान शहरका स्वास्थ्य अधिकारीहरूले एउटा रहस्यमय श्वासप्रश्वाससँग जोडिएको भाइरसका शृङ्गखलाबद्ध घटनाहरूका बारेमा चेतावनी जारी गरेपछि सुरु भएको थियो।

तर अहिले ११ महिनापछि अनुसन्धानकर्ताहरूले अमेरिकाका तीनवटा राज्यका ३९ जनामा चीनले चेतावनी जारी गर्नुभन्दा दुई हप्ताअघि नै ‘एन्टीबडी’ विकास भइसकेको फेला पारेका छन्। बीबीसीबाट




