काठमाडौं, २० मंसिर । हुम्लामाको सिमकोट गाउँपालिका–४ ओख्रेनीमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
गएराति ११ बजेतिर ११ जना सवार लु २ च २१०२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको हो।
सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पर्वत सुनार, पारस बोहरा, डिकी तामाङ र गुरु तामाङ रहेको बताइएको छ । उनीहरुको शव जिल्ला अस्पताल हुम्लामै राखिएको छ । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।




