advertisement

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार २८९ जनाको पीसीआर परीक्षण गरिएकाे थियाे । यस्तै थप १३ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा र मोरङमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने मनाङ र डोल्पामा शून्य संक्रमित रहेका छन् ।

" /> पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिए, १३ जनाकाे मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिए, १३ जनाकाे मृत्यु

`

     २०७७ मंसिर १८ गते १०:३८

काठमाडाैं, १८ मंसिर ।  पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ५ सय ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ लाख २० हजार २७२ पुगेकाे छ । मन्त्रालयका अनुसार हाल कोरोना निको हुने दर ९२.७ प्रतिशत रहेको छ ।

advertisement

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार २८९ जनाको पीसीआर परीक्षण गरिएकाे थियाे । यस्तै थप १३ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, झापा र मोरङमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् भने मनाङ र डोल्पामा शून्य संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?